अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैंक सबल भएपछि वित्तीय मध्यस्थताको लागत घट्यो : गभर्नर अधिकारी

बैंक सबल भएपछि वित्तीय मध्यस्थताको लागत घट्यो : गभर्नर अधिकारी


काठमाडौं-नेपाल राष्ट्र बैंकक गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताउनुभएको छ ।

सोमबार ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुको मर्जरपछिको एकीकृत कारोबार उद्घाटन समारोहमा उहाँले बैंकहरूले मर्जरले ठूलो बन्दै गएपछिको अबको अपेक्षा बैंकहरू स्वनियमनमा बस्नुपर्ने बताउनुभयो ।

यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

मुख्य सचिव शंकरदाश बैरागीले अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको बताउनुभयो ।

आर्थिक सूचकमा सुधार देखिँदै गरेको भन्दै उहाँले यो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योजगदान पुर्‍याउने बताउनुभयो ।

उहाँले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको समेत बताउनुभयो ।