काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासका मत दिनका लागि अनिवार्य रुपमा उपस्थित हुन सांसदहरुलाई निर्देशन दिनु भएको छ ।
संसद बैठक सुरु हुनुअघि आज बानेश्वरस्थित संसद भवनमै बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैहुनुहुन्छ । ‘भोलि अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा भोट हाल्न निर्देशन भएको छ,’ बैठकबारे एमाले नेता सुवास नेम्वाङले भन्नुभयो ।






प्रतिक्रिया