काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताउनु भएको छ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं । यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’
उहाँले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब परम्परागत राजनीतिले मात्रै हामी जनतामा जान सक्दैनौँ । हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। जनतासँग सुशासनका प्रतिवद्धता हाम्रा साझा हुन्।’
प्रधानमन्त्रीले यो पटक नयाँ दलहरु संसदमा आएका पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो । तपाईंहरुको आवेग जाजय छ।’
प्रतिक्रिया