काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताउनुभएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘म ढुक्क छु प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुन्छ। तर अहिलेको परिस्थिति सहज छैन। अनेक चुनौती छन् । पहिलो पटक राजश्व ऋणात्मक भएको छ। त्यसैले यी चुनौतीलाई चिर्दै सरकारले अघि बढ्नुछ।’
सम्बोधनका क्रममा अध्यक्ष ओलीले जनताले नयाँ परिवर्तन खोजेकैले नयाँ दलहरु अहिलेको संसदम आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले नयाँ परिवर्तन खोजेकाले नयाँ सरकार आएको हो । त्यहीकारण नयाँ दल आएका हुन्। जनताले परिवर्तन खोजेकैले आज संसदमा नयाँ दल देखिएका छन्।’
प्रतिक्रिया