अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामी जनमतलाई कदर गर्दै सरकारमा गएका हौं : रवि लामिछाने

हामी जनमतलाई कदर गर्दै सरकारमा गएका हौं : रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जनमतको कदर गर्दै आफूहरु सरकारमा गएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकलाई पहिलो पटक सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले सधैं सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भएपनि जनमतको कदर गर्दै सरकारमा गएको स्पष्ट पार्नभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला । तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छौं यो हाम्रो लागि ठूलो कुरा हो । हामी सधैं खरो प्रतिपक्षीको कुरा गथ्र्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ। यो स्वभाविक हो । तर हामीले जनमतलाई कदर गरेका हौं । जनताले हामीलाई दिएको यो आशाको मत हो । यो मतको सही सदुपयोग गर्न हामी सरकारमा गएका हौं ।’

लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो जनताले दिएको मत अनुसार साझा कार्यक्रम बनाएर हामी सरकारमा गएका हौं । हामी जनताका आवश्यकता पूरा गर्न सरकारमा छौं । न्यूनतम साझा कार्यक्रमले जनताका पक्षमा खरो भएर काम गर्नेछ ।’