अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन


काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताउनुभएकाे छ ।  

संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताउनुभयाे । 

जनमतले कुनै पनि एक दलमात्र अघि बढ्न सक्ने म्यान्डेट नदिएकाले वर्तमान सरकारलाई राप्रपाले समर्थन गरेको उहाँको भनाइ छ । देशलाई शीरमा राखेर मुलुकको सबै समस्या समाधान गर्नुपर्ने बताउँदै उहाँले यसमा राप्रपा तयार रहेको र सरकारलाई सहयोग गर्ने बताउनुभयाे ।