अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेगा बैंकको कामु सीईओमा महेश ढकाल नियुक्त

मेगा बैंकको कामु सीईओमा महेश ढकाल नियुक्त


काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडको कायममुकायम सीईओमा महेश शर्मा ढकाल नियुक्त हुनुभएको छ ।

बैंकको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले पुस २५ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि लागू हुने गरी कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी ढकाललाई दिएको हो।

यसअघि उहाँ ग्लोबल आइएमई बैंकमा डेपुटी सीईओको रुपमा कार्यरत हुनुहुन्थ्यो। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूले मर्ज भएर एकीकृत कारोबार गर्दा उहाँ स्वैच्छिक अवकाश लिएर ग्लोबल आइएमई बैंकबाट बाहिरिनु भएको थियो।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा रहेका छन्। इन्भेष्टमेन्ट बैंकसँग मर्जरपश्चात् पनि उहाँ सिनियर डेपुटी सीईओ बन्नेछन्। मर्जर सम्झौतामा मेगा बैंकले वरिष्ठ डेपुटी सीईओ पाउने उल्लेख छ।