अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ का जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु: मुख्यमन्त्री कार्की

प्रदेश-१ का जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु: मुख्यमन्त्री कार्की


विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर जाने बताउनु भएको छ ।

मुख्यमन्त्रीमा सफथ ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेपाली जनतालाई प्रदेश संरचना हाम्रो संरचना हो भनेर स्थापित गराउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो संरचना हाम्रो लागि चाहिन्छ भन्ने स्थापित गराएर जाने प्रयास हुन्छ । हामीले ल्याउने न्युनतम साझा कार्यक्रममा यी विषयलाई समेटेर जानेछौँ ।’

जनताको छुन सकिने, भेट्न र देख्न सक्ने सरकारको रुपमा स्थापित हुने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश १ को नामाकरणको बिषयमा सबैको सहमतीको आधारमा नामाकरणको विषय टुङ्ग्याएर जाने उहाँको भनाई छ ।

उहाँले माओवादीसँग ५ वर्ष संयुक्त सरकार बनाएर प्रदेशमा सुशासनको पक्षमा काम गर्ने सहमतती भएकोले चाडै सरकारमा आउने उहाँले बताउनुभयो ।