काठमाडौं – बामपन्थीहरू एक चोटी फेरि मिलेका छन् र सत्ताको साँचो फेरि उनीहरूको हातमा आएको छ । ६४ प्रतिशत भन्दा बढी जनमत साम्यवादी पार्टी र नीतिका पक्षमा छ । त्यसैले अहिले नेकपा एमाले र माओवादी केन्द्र मिलेकोमा बहुमत नेपाली जनता खुशी नै भएका छन् ।
साम्यवादी दलहरूको हातमा सत्ताको साँचो पुगेपछि अब साम्यवादीहरूको बहुमत भएको सरकार बनेपछि नेपालमा विदेशीहरूको चलखेल जीवन्त रोकिने विश्वास अत्याधिक जनसमुदायले लिएको पाइन्छ । विदेशीहरूले नेपाल माथि अन्याय पूर्वक नाकाबन्दी लगाउदा पनि त्यसको विरोध त कता हो कता, नाकाबन्दी भन्ने शब्द उच्चारण गर्न नसक्ने देशद्रोही दलाल राजनीतिबाट हामीले मुक्ति पाउने दिशातिर उन्मुख भएका छौंं । राष्ट्रमाथि आएको आपत्मा चुँ सम्म नबोल्ने र देशको सुरक्षा, नागरिकता नदी लगायतका प्राकृतिक स्रोत र माटो समेत बेच्ने आफूलाई प्रजातन्त्रवादी राष्ट्रवादी र भूमिपुत्र भनी दावी गर्ने भरौटेहरू माथि देशभक्तहरूले विजय प्राप्त गरेको रूपमा कतिपय बौद्धिक वर्गले अथ्र्याएर सन्तुष्ट भएको पाइन्छ ।
साम्यवादी दलका नेताहरू र पूँजीवादी दलका नेताहरूमा पनि आकास जमिनको अन्तर छ । कांग्रेस २००७ देखि आजसम्म राष्ट्रमाथि अत्याचार गर्ने काम मात्रै गरेको छ । कांग्रेसका स्वनामधन्य नेताहरूले क्रुर तानाशाहहरूले जस्तै मजदुर किसान र विद्यार्थीहरूको हत्या गर्ने काम गरेका छन् । वीपी कोइरालाले आफ्नै पेस्तोलले चिनियाँ काजीको हत्या गरेको सुरक्षा कानून जस्तो क्रुर ऐन ल्याएको र गण्डकी बेचेको लगायतका राष्ट्रघात कसैबाट लुकेको छैन । मातृकाप्रसाद. कोइरालाले विदेशी सैनिक मिशन ल्याएको उत्तरी चेकपोष्टमा विदेशी सेना ल्याएर देशको सुरक्षा र सार्वभौम सत्तासँग खेलवाड गरेको र कोशी बेच्ने जस्ता दर्जनौं राष्ट्रघात गरेका थिए । गिरिजाप्रसाद कोइरालाले टनकपुर बेचेको, शेरबहादुर देउवाले महाकाली सुम्पेको र सुशिल कोइरालाले माथिल्लो कर्णाली आफ्ना मालिकहरूलाई चढाएको कसैबाट लुकेको छैन । विदेशी पैसा र सत्ताको दुरूपयोग गरेर नेपाललाई साम्राज्यवादीहरूको पोल्टामा सुम्पने शेरबहादुर र कम्पनीले एमसिसि जस्तो नेपालको सार्वभौम सत्ता माथि नाङ्गो हस्तक्षप गर्ने सम्झौता लाद्ने देशद्रोही काम गरेको पाइन्छ । त्यतिले चित्त नबुझि उनीहरूकै सरकारले तस्करी गरेर नेपाल भित्र्याएका रोहिंग्या शरणर्थी आतंककारी काममा संलग्न तिब्बतीहरू र दक्षिणका लाखौं भिख मगुवाहरूलाई नेपालको नागरिकता दिएर राष्ट्रलाई फिजीकरण गर्ने घृणित चाल चलेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीको देशभक्तीपूर्ण अडानले ध्वस्त हुनबाट जोगाएको थियो।
आफूलाई प्रजातन्त्रवादी भन्ने शेरबहादुर देउवाले डेढ वर्षको बच्चालाई कट्टाले गोलीहानी मार्ने हतियार विहिन आधा दर्जन सुरक्षा कर्मीहरूलाई क्रुर हत्या अपराधिदेखि इँट्टा भट्टामा दर्जनौं निर्दोष नागरिकहरूलाई जिउदै पोलेर मार्ने अमानवीय नरसंहार गर्ने अफ्ताव आलमहरूलाई निर्दोष बनाई छाड्ने विधेयक ल्याएर अन्तरिम सरकार हुँदा पनि घात गर्न नछाड्ने देउवालाई सत्ताच्युत गरेकोमा जनताले त्यस्ता तत्वलाई किनारा लगाएकोमा जयजयकार गरेका छन् । वर्तमान गठबन्धनका सुत्रधार केपी शर्मा ओली र उहाँका सहयात्री क. प्रचण्डको जयजयकार गरेको पाइन्छ । शेरबहादुर देउवा अहिले पनि राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री दिएर पनि यो सरकार ढाल्न अहोरात्र बडबडाई रहेका छन् ।
नेपालका सातै प्रदेशमा वान वेल्ट वान रोड, वि.आर.आई. अन्तर्गत सडक बनेमा देश युरोप जस्तो उन्नत भएमा आफू तल परिन्छ, चिनको नाम चल्छ भनेर कतिपय साम्राज्यवादीहरू देउवा मार्फत त्यसलाई रोक्न चाहन्छन् । साम्राज्यवादीहरू चीनको रेल लुम्विनी पुगेको र नेपालको पानी जाँहाज समुन्द्रमा तैरेको देख्नै चाहान्नन् । सिता मात्र होइन राम नेपालका हुन र अयोध्या नेपालमा पर्छ भन्ने जस्ता ईतिहास अगाडि आए विदेशीको भन्दा नेपाली कालो टोपी लगाउने खेतालाहरूको पेट दुख्छ । आज अमेरिका हिन्द प्रशान्त रणनीतिमा नेपाललाई जोत्न चाहन्छ । SPPअन्तर्गत अमेरिकी सेना नेपालमा हुल्न चाहन्छ । भारत विमष्टेक अन्तर्गत आफ्नो सुरक्षा छातामा नेपाललाई गाज्न चाहन्छ । त्यही मौकामा चीनले पनि ग्लोबल सेक्युरिटी ईनिसियटिभ अगाडि ल्याएको छ । जसले नेपाल अस्तीको कम्बोडिया हिजोको अफगानिस्तान र आजको सिरिया बन्ने खतरा उत्पन्न भएको छ।
त्यसैले आम नेपाली जन समुदायले नेपालका देशभक्त समुदाय र सबै साम्यवादी दलहरू आपसमा एकगठ भएर जानु पर्ने तत्काल अत्यन्तै जरूरी मुद्दा बनेको छ । अध्यक्ष ओली र प्रचण्ड जस्तै अन्य साम्यवादी समुहहरूले वर्तमानको राष्ट्र मासिने खतरालाई बुझेर वर्तमान गठबन्धन सरकारलाई साथ दिंदै एकिकृत साम्यवादी दल निर्माण गर्न सकेन भने भोलि उनीहरूले पछुताउने अवसर सम्म पाउने छैनन् । सबैले राष्ट्र निर्माता पृथ्वी जन्म जयन्तीको अवसरमा आफ्ना पूर्वाग्रह संकिर्ण विचारलाई त्यागेर देश र जनताको रक्षाको लागि स्वाधिन नेपालको झण्डालाई उच्च राख्न एकिकरणको पहल गर्दै राष्ट्र रक्षाको बली वेदीमा समर्पित हुनै पर्छ । तसर्थ वर्तमान गठवन्धने सार्थकता पाउछ र नेपाली जनताहरू पनि यसमा खुशी हुनेछन् ।
(लेखक नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ)






प्रतिक्रिया