अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन देश र जनताको लागि केही गर्न बनेको हो : अध्यक्ष ओली

सत्ता गठबन्धन देश र जनताको लागि केही गर्न बनेको हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रमले अबको सरकारको मार्गचित्र देखिएको बताउनु भएकोछ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो टीम देश र जनताको लागि केही गर्न बनेको हो । सरकार बन्नको लागि बनेको होइन । एउटा गठबन्धनको ठाउँमा अर्को गठबन्धन भएको होइन । अहिलेको जनादेश नै फरक हो । अहिलेको जनादेशले केही नयाँ पार्टी र सांसदको उदय भएको छ । हिजो जुन गठबन्धन थियो, त्यसमा आफैंमा सरकार बनाउन सक्ने सामर्थ्य पनि रहेन ।’

गठबन्धनको डेढ वर्षको कार्यकाल हेर्दा देश र जनताको पक्षमा काम गर्ने ल्याकत र क्षमता नदेखिएको उहाँको भनाइ छ। ताजा जनादेशअनुसार जनताको आशा र भरोसाअनुसार अहिलेको सरकार बनेको उहाँले जिकिर गर्नुभयो।