विराटनगर- अघिल्ला सरकारले गठबन्धनमा भागवण्डा पुर्याउन जथाभावी टुक्र्याएका मन्त्रालय प्रदेश नं १ को नयाँ मन्त्रिपरिषदको पहिलो बैठकले कटौती गरेको छ । १३ वटा मन्त्रालय कायम गरिएकोमा आज बसेको पहिलो बैठकले ९ वटामा झारेको छ । यसलाई सबैले लोकप्रिय निर्णयको रुपमा लिएका छन् ।
आजै मुख्यमन्त्री हिक्मत कार्की र विनाविभागीय तीनजना मन्त्रीहरु तिलकुमार मेन्याङवो,भक्ती सिटौला र निर्मला लिम्बूले आज सपथ लिएपछि भएको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री भक्ती सिटौलाका अनुसार मन्त्रालय फुटाएकोमा अहिले गठबन्धनमा रहेका दलहरुले नै विगतमा विरोध गरेकोेले त्यसलाई सच्याउन र सरकारी खर्चमा कटौती गर्न यस्तो निर्णय गरिएको हो ।
यस्तै, बैठकले प्रसासनिक सेवा सुधारका प्रमुख सचीवको नेतृत्वमा सुधार समिति बनाञे समेत निर्णय गरेको छ ।
अघिल्लो कार्यकालमा एमालेका शेरधन राईले नेतृत्व गर्दा जम्मा सातवटा मन्त्रालय थिए । तर नेकपा एसका राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुँदा गठबन्धनमा भाग पुर्याउन ७ वटा मन्त्रालयलाई १३ वटा पुर्याइएको थियो । यसको जनस्तरबाट व्यापक आलोचना भएको थियो ।






प्रतिक्रिया