अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा प्रतिनिधीसभाको छायाँ होइन ,विभेदकारी कानुन सच्याउनु पर्दछ : देवेन्द्र दाहाल

राष्ट्रियसभा प्रतिनिधीसभाको छायाँ होइन ,विभेदकारी कानुन सच्याउनु पर्दछ : देवेन्द्र दाहाल


काठमाडौं- नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रियसभा प्रतिनिधीसभाको छाँया नभएको बताउनुभएको छ । राष्ट्रियसभालाई स्थायी सभा भने पनि प्रतिनिधीसभाको बैठक सञ्चालन भएका बेला मात्र राष्ट्रियसभाको बैठक सञ्चालन हुने भएकोले यो प्रक्रिया ठिक नभएको दाहालको धारणा छ ।
‘राष्ट्रियसभाको आफ्नै विजनेस छ । आफ्नै गरिमा छ ’ दाहालले भन्नुभयो ‘तर विद्यमान प्रक्रियाले यसलाई प्रतिनिधीसभाको छायाँ जस्तो बनाइदिएको छ । यो ठिक होइन । ’
दाहालले राष्ट्रियसभा र प्रतिनिधीसभाका केही विद्यमान ऐन कानुन बदल्नु पर्ने तर्क गर्नुभएको छ । ‘स्थायीसभा नामाकारण गरिएको यो सभामा प्रतिनिधीसभाबाट आएका विधेयकहरु ६० दिनमा पारित गरेर फिर्ता नगरेमा स्वत निस्क्रिय हुने कानुनी प्रावधान छ ’ दाहालले भन्नुभयो ‘तर राष्टियसभाबाट प्रतिनिधीसभामा पठाएका विधेयकहरु सो कार्यकालभरी वा दुई तीन वर्षसम्म फिर्ता नगरे पनि हुने पक्षपाती कानुन रहेको छ । यदी प्रतिनिधीसभाको कार्यकाल सकिएमा ति विधेयक स्वत निस्क्रिय हुने प्रावधान रहेको छ । यस्तो विभेदकारी कानुनलाई अविलम्ब सच्याउनु पर्दछ । ’
दाहालले राष्ट्रियसभाको मर्यादाक्रमलाई पनि प्रतिनिधीसभामा भन्दा धेरै तल राखिएकोले यसलाई पनि अविलम्ब सच्याउनु पर्ने दाहालको माग छ ।
दाहालले अहिलेको सत्ता समिकरण प्राकृतिक र जनादेशप्राप्त भएको उल्लेख गर्नुभएको छ । उहाँले तराईको शित लहर पहाडको हिमपात र चिसोबाट नागरिकलाई सुरक्षित राख्न सरकारको ध्यानआकर्षण गर्नुभएको छ ।