अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं-नेपाल राष्ट्र बैँकले मंगलबाररका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ४८ पैसा र बिक्री दर १३२ रूपैयाँ ०८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३० पैसा र बिक्री दर १४० रूपैयाँ ९४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३८ पैसा र बिक्री दर १६० रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा र बिक्री दर ३६ रूपैयाँ १६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।