अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको पदाधिकारी बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने

कांग्रेसको पदाधिकारी बैठक बस्दै, विश्वासको मतबारे निर्णय गर्ने


काठमाडौँ-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । विहान ८ बजे बस्ने बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नदिनेबारे निर्णय लिने भएको हो ।

सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड विश्वास मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुग्नुभएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन देउवा सकारात्मक देखिनुभएको छ ।

पदाधिकारीसँग छलफलपछि आजै बिहान ९ बजे बस्ने संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीको आधिकारीक धारणा संसद्हरुसमक्ष राख्ने कार्यक्रम रहेको छ ।