अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वासको मतबारे निर्णय गर्न कांग्रेसले बोलायो  कार्यसम्पादन समितिको बैठक

विश्वासको मतबारे निर्णय गर्न कांग्रेसले बोलायो  कार्यसम्पादन समितिको बैठक


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक साढे ११ बजे संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्ने भएको हो । पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरुको बैठक यतिबेला पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ । 

कांग्रेसको आग्रहमा ११ बस्ने भनिएको प्रतिनिधि सभाको बैठकसमेत १ बजेलाई सारिएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।