अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


काठमाडौं-नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन तोलाको एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भइहरहेको छ ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयँले घटेको छ । चाँदी तोलाको एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।