अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएका घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएका घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै


काठमाडौं-नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्नेर्नुहुने भएको छ । स्रोतका अनुसार बिहीबार उहाँ औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको हो ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित हुनुभएको थियो । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक(पटक छलफल गर्दै आउनुभएको थियो । एकीकृत समाजवादीमा प्रवेश गर्न उहाँले भूसालले प्रस्ताव पनि तयार गर्नुभएको छ ।