अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।

लोसपाका सांसद शरतसिंह भण्डारीले पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी ९लोसपा० ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । यसअघि लोसपाको संसदीय दलको बैठकले अध्यक्ष ठाकुरलाई विश्वासको मतबारे निर्णय गर्ने अधिकार थियो । लोसपाको प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ । प्रधानमन्त्री दाहालले केहीबेरपछि सुरु हुने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यसूची छ ।