काठमाडौं औ प्रतिनिधि सभाको बैठक सुरु भएको छ। यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैहुनुहुन्छ ।
सत्तागठबन्धनमा रहेका दलबाहेक नेपाली कांग्रेस, नेकपा एस र लोसपाले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
आजै बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक नेपाली कांग्रेसको अनुरोधमा सारिएको हो । आज उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने एउटा मात्र कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया