काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सो संकल्प गर्नुभएको हो । उहाँले अहिले आफूहरु आर्थिक अनुकुलतामा नरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी आर्थिक अनुकुलतामा छैनौं । लक्ष्य अनुसार राजश्व नउठ्दा वित्तिय प्रशासनको सबै चक्र समस्यामा छ । आगामी ५ वर्षमा आर्थिक वृद्धिदर २ अंकको नजिक पुर्याउने संकल्प संसदसामु व्यक्त गर्दछु। सबैको सहयोगको अपेक्षा पनि गर्छु।’
प्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा उज्यालो नेपाल अभियान संचालन गरेर लोडसेडिङलाई इतिहास बनाएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया