काठमाडौं -संसद विघटन सम्बन्धी आफ्नो हिजोको मन्तव्यमा आपत्ती जनाएका काँग्रेस सभापति शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०५९ सालमा संसद कस्ले विघटन गरेको भनेर सोध्नु भएको छ ।
विश्वासको मत लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थियो ।
देउवापछि संसदलाई सम्बेधन गर्नुहुँदै अध्यक्ष ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न चेतावनी दिनुभएको छ । ‘माननीय शेरबहादुर देउवाले ०५९ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ ओलीले भन्नुभयो ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको होइन ?






प्रतिक्रिया