अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले फालेको जालमा माछा पर्नेवाला छैन : अध्यक्ष ओली

कांग्रेसले फालेको जालमा माछा पर्नेवाला छैन : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले विश्वासको मत लिने बाहानामा षड्यन्त्रको जाल फालेको भए सफल नहुने बताउनुभएको छ । संसदको बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले काँग्रेसले फालेको षड्यन्त्रको जालमा एउटा पनि माछा नपर्ने बताउनुभएको हो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’

अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको नयाँ भाष्य निर्माण गरेको बताउनुभयो ।

कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएपछि अब संसद्‍मा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्रै प्रतिपक्षी दलको रुपमा रहने छन् ।

ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताउनुभयो  ।

ओलीले देउवालाई संसद् विघटनको आफ्नो इतिहास हेर्न सुझाउनुभयो । ‘गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ?’