अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्, हामी मत दिन्छौँ : अशोक राई

प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्, हामी मत दिन्छौँ : अशोक राई


काठमाडौं – जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललमा उहाँले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य र रोजगारी सिर्जना सरकारको दायित्व रहेको बताउनुभयो ।

उहाँले विकासका पूर्वाधारलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनभयो । राजनीतिक उपलब्धिको रक्षा गर्दै गणतन्त्र सुदृढीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधानको सबल पक्षको व्यावहारिक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।