काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै हुनुहुन्छ । आज बिहान ११ बजे गोरखा महोत्सव उद्घाटन गर्न उहाँ त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीमा विश्वासको मत पाएको दोस्रो दिन प्रचण्ड गोरखा जान लाग्नुभएको हो । गत मंसिर ४ गते भएको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।






प्रतिक्रिया