काठमाडौं -केन्द्रीय सहमतीलाई परिमाजर्न गर्दै कर्णाली प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्न एमाले नेताहरुले जोड गरेका छन् । उनीहरुले पार्टीको शिर उचो राख्नका लागि पनि कर्णाली प्रदेशमा कम्तीमा अढाइ अढाइ वर्ष प्रदेश सरकारको नेतृत्व गर्नुपर्ने गरी आन्तरिक लविङ तिव्र पारेका छन् ।
एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाहका अनुसार आलोपालो नेतृत्व गर्ने विषयमा सघन छलफल भइरहेको र त्यसमा सफलता हासिल हुने बताउनुभयो । यो बेला डट कमसँग संक्षिप्त कुरा गर्दै शाहले एमालेले राखेको आलोपालो प्रस्तवमा माओवादीले धेरै असहमती जनाएको छैन । ‘हामी आन्तरिक छलफलमा छौं । हाम्रो प्रस्तवमा उहाँहरु नकारात्मक हुनुहुन्न’ शाहले भन्नुभयो ‘अहिले एमालेका इन्चार्ज यामलाल कडेल र माओवादीका इन्चार्ज कालिबहादुर मल्लबीच छलफल भइरहेको छ । यो छलफलबाट सकारात्मक सहमती आउँछ भन्नेमा विश्वस्त छौं । ’
आज साँझ पाँच बजेसम्ममा सरकारमा दाबी पेश गर्नुपर्ने समय भएकोले त्यो भन्दा अगावै आफूहरु बीच सहमती हुने शाहले बताउनुभयो । ‘पहिले चरणमा माओवादीले दोस्रोमा एमालेले नेतृत्व गर्ने गरी सहमती हुन्छ ।’






प्रतिक्रिया