अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई केन्द्रले दिएन,कर्णालीले आफैं लिने भयो आधा कार्यकालको मुख्यमन्त्री

एमालेलाई केन्द्रले दिएन,कर्णालीले आफैं लिने भयो आधा कार्यकालको मुख्यमन्त्री


काठमाडौं -नेकपा एमालेका नेता यामलाल कर्णेलको निरन्तरको प्रयासले आधा कार्यकाल मुख्यमन्त्री पाउने सहमती भएके छ । पार्टी केन्द्रले पाँचै वर्ष मुख्यमन्त्रीको जिम्मेवारी माओवादीलाई दिने सहमती गरे पनि कर्णेलले स्थानीय स्त्रमा गरेको निरन्तरको वार्ता र संवादले अढाई वर्षे कार्यकाल एमालेलाई छाड्न माओावदी सहमत भएको छ ।
केहीबेर अघि एमाले कर्णेल माओवादीका कालीबहादुर मल्लबीच आन्तरिक सहमती भएपछि दुई दलको बैठक राखेर उक्त सहमतीलाई बैधानिकता दिइएको एक नेताले जानकारी दिए ।

अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।

अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व लिनेछन्। त्यसपछि एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो।

केन्द्रमा भागबन्डा गर्दा कर्णालीको पूरै पाँच वर्ष माओवादीको भागमा परेको थियो। त्यसले कर्णाली एमालेभित्र हलचल मच्चिएको थियो।

केन्द्रको निर्णयले पाँच वर्ष सरकार माओवादीले नै चलाउने भएपछि एमालेमा असन्तुष्टि थियो। तर दुई दलबीच बिहीबारको वार्तापछि अब आधा आधा कार्यकाल नेतृत्व हुने भएको छ।