अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गीरी नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लिला गीरी नियुक्त


बुवटल -लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ (२) बमोजिम गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गिरीले आजै प्रदेश प्रमुखको कार्यालय बुटवलमा २ स्वतन्त्रसहित ५८ सांसदको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्नु भएको थियो । यो सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदहरू छन् ।

गिरी सरकारलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सांसदहरूको समर्थन छ ।

८७ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन् ।