सुर्खेत – कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रसँग आधा-आधा सरकार चलाउने सहमति भएको छ।
एमाले-माओवादी दलको बैठकले आधा-आधा कार्याकाल सरकार चलाउने सहमति भएको हो।
अब यो सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मुख्यमन्त्रीका लागि माओवादी दलका नेता राजकुमार शर्मा ४ बजे दाबी पेशका लागि प्रदेश प्रमुखको कार्यालयमा जाँदै हुनुहुन्छ ।’
अब यहाँ पहिलो अढाई वर्ष शर्माले मुख्यमन्त्रीका रुपमा कर्णाली सरकारको नेतृत्व गर्नुहुनेछ । त्यसपछि नेकपा एमाले दलका नेता यामलाल कँडेल सरकारको नेतृत्वमा जाने सहमति भएको हो।






प्रतिक्रिया