अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय राम्रो : अध्यक्ष ओली

पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णय राम्रो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको बताउनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीको अवसर पारेर काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उहाँले सञ्चारकर्मी माझ सो प्रतिक्रिया दिनुभएको हो ।

अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकतावद्ध गरेको स्मरण समेत गराउनु भयो ।