अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड गोरखाबाट फर्किएलगत्तै अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।  

गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुग्नु भएक लगत्तै उहाँ एमाले अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुग्नुभएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।