काठमाडौं -पछिल्लो समय बैंकको ब्याजदर बढेर अर्थतन्त्रमा नै मन्दी आएको बहसका बीच बैंकले ब्याजदर घटाउने निर्णय गरेको छ।
माघ महिनामा वाणिज्य बैंकको ब्याजदर घट्ने भएको हो। नेपाल बैंकर्स संघको आज होटल अलफ्टमा बसेको बैठकले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेको छ।
संघका एक पदाधिकारीका अनुसार , ‘राष्ट्र बैंकले दिएको अधिकार प्राप्त गरि ब्याजदर घटाउने निर्णय भएको छ। त्यसमा अहिले कायम भएको ब्याजरमा १० प्रतिशतसम्म घटाउने अधिकार छ। र सोही अनुसार बैंकले निर्णय लिनसक्ने भएका हुन्।’
नेपाल राष्ट्र बैंकको सर्कुलर अनुसार अघिल्लो महिनामा कुन बैंकको कति ब्याजदर रहेको थियो। त्यसलाई एक सय मान्दा १० प्रतिशत घटबढ गर्न सक्ने व्यवस्था छ, यदि कुनै बैंकको ब्याजदर १० प्रतिशत रहेको खण्डमा अब बैंकको ब्याजदर ९ प्रतिशतमा झर्ने छ।
नेपाल राष्ट्र बैंकको सर्कुलतरमा भनिएको छ, ‘अघिल्लो महिना प्रकाशित गरिएको ब्याजदरमा कल निक्षेप बाहेक अन्यमा अघिकतम १० प्रतिशत ब्याजदर परिवर्तन गर्न सकिने छ।’
तर निक्षेप र कर्जाको ब्याजर घटबढ गराउँदा स्प्रेडदर हेर्नुपर्ने हुन्छ। निक्षेप र कर्जाको अन्तर ४ दशमलव २ प्रतिशत कायम हुनुपर्ने छ।







प्रतिक्रिया