काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रदेश सरकार विस्तार र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
मुख्यमन्त्री जम्कट्टेल सत्ता गठबन्धनको सहयोगमा प्रदेश सरकार विस्तारको तयारीमा जुट्नुभएको छ । प्रदेशमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सरकारमा सहभागी हुनुभएको छ ।
थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हाल्नुभएको छ भने थापालाई विभागीय जिम्मेवारी तोकिएको छैन ।






प्रतिक्रिया