अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबिका सिइओ केसी चयन

नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबिका सिइओ केसी चयन


काठमाडौं । नेपाल बैंकर्स संघको नेतृत्व परिवर्तन भएको छ । संघले बुधबमर सम्पन्न विशेष साधारणसभाबाट एनएमबि बैंकका सिइओ सुनिल केसी नयाँ अध्यक्ष चयन हुनुभएको हो ।

यसअघि संघको अध्यक्षमा कृषि विकास बैंकका सिइओ अनिल कुमार उपाध्याय रहनुभएको थियो । जसअनुसार सभाले एनएमबि केसीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको हो ।

यसअघि केसी संघको उपाध्यक्ष हुनुहुन्थ्यो । २०७३ फागुनदेखि एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीसँग बैंकिङ्ग क्षेत्रको ३ दशकभन्दा धेरै समयको अनुभव छ ।

सो पश्चात् रिक्त हुन गएको उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालालाई २ वर्षको लागि मनोनीत गरेको छ ।