काठमाडौं – बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक,शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ।
सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिनुभएकाे हाे । उहाँको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल हुनुहुन्छ ।
शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुनुहुन्छ भने सायजु नेपाल मजदुर किसान पार्टीकी हुनुहुन्छ ।
बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिनुभएकाे हाे ।
नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।






प्रतिक्रिया