काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएकाे छ । बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे ।
पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गर्नुभएकाे छ । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ । आलोचनाकै बीचमा देउवाले पदाधिकारी बैठक बोलाउनुभएकाे हाे ।
आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले बतायो ।






प्रतिक्रिया