अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीका मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीद्वारा शपथ

कर्णालीका मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीद्वारा शपथ


सुर्खेत – कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ। आज  प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो ।

बुधबार प्रदेश प्रमुख परियारले नेकपा माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री शर्मालाई माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १/१ गरि जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

यस्तै, नेकपा एमाले र माओवादी केन्द्रले एक/एक जना सांसदलाई सरकारमा पठाएका छन्। उहाँहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

जसमा नेकपा माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन्। माओवादी केन्द्रका शाही मुगु प्रदेश सभा (२) बाट निर्वाचित भएका थिए।