विराटनगर- चारवटा पार्टीको गठबन्धन र नौवटा मन्त्रालय रहेको प्रदेश १ मा माओवादीले सातजना साँसदलाई मन्त्रीका लागि सिफारिस गरेको छ ।
गठबन्धनको दोस्रो ठूलो दल माओवादीले बढीमा तीनवटा मन्त्रालय पाउने अनुमान भइरहेका बेला उसले दोब्बर भन्दा बढी नेतालाई मन्त्रीका लागि सिफारिस गरेको छ । हिजोसम्म सरकारमा सहभागी नहुने अडान लिएको माओवादीले आज एकाएक आधा दर्जन भन्दा बढी नेतालाई मन्त्रीका लागि सिफारिस गरेको हो ।
अहिले मुख्यमन्त्री सहित चारजना मन्त्रीले सपथ लिइसकेका छन् । अब बाँकी पाँचवटा मन्त्रालय बाँकी छन् ।






प्रतिक्रिया