काठमाडौं -बारा निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद् शारदा शंकर कलवार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार आयोजित एक कार्यक्रमबीच कलवार एमालेमा प्रवेश गर्नुभएको हो । एमाले अध्यक्ष ओलीले उहाँलाई पार्टीमा स्वागत गर्नुभयो । कलवार एमाले प्रवेश गरेसँगै मधेस प्रदेशमा एमालेका साँसद २४ जना भएका छन् ।






प्रतिक्रिया