अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी असरभित्र झापा इनर्जीले सौर्य उर्जा उत्पादन सुरु गर्ने

आगामी असरभित्र झापा इनर्जीले सौर्य उर्जा उत्पादन सुरु गर्ने


झापा- झापा इनर्जीले आगामी असार महिनाभित्र उर्जा उत्पादन थाल्ने भएको छ । झापा इनर्जीले १० मेगावाटको सौर्य उर्जा परियोजना ६ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

बिहीवार परियोजना निर्माणस्थलमा आयोजित चौथो साधारणसभामा अध्यक्ष एलपी साँवाले ६ महिनाभित्र उर्जा उत्पादन थाल्ने बताउनुभयो । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै साँवाले उर्जा परियोजनामा उच्च प्रविधियुक्त र विश्वसनीय ब्राण्डका सोलार प्यानल तथा उपकरणहरु जडान गरिने जानकारी दिनुभएको छ ।
झापा इनर्जीले शिवसताक्षी –४ मा २१ विगा ३ कठ्ठा १२ धुर जग्गा खरिद गरि उर्जा परियोजना निर्माण गरिरहेको छ । इनर्जीले जग्गा खरिद, ग्रिड कनेन्सन सम्झौता, विधुत प्राधिकरणसँग खरिद विक्रिको सम्झौता, विधुत उत्पादनको अनुमति, बुलोचोक सव–स्टेशनसम्म प्रसारण लाइन निर्माणको काम सम्पन्न गरिसकेको अध्यक्ष साँवाले जानकारी दिनुभयो ।

कुल ७९ करोड ९० लाख लागतमा निर्माण हुने उर्जा परियोजनामा ७५ प्रतिशत कर्जा लिइएको छ भने बाँकी रकम सर्वसाधारणले लगानी गरेका छन् । अध्यक्ष साँवाले मुलुकलाई उर्जा उत्पादनमा सहयोग गर्ने उद्देश्यले परियोजना शुरु गरिएको बताउनुभयो । उहाँले छिमेकी राष्ट्र चीन र भारत सौर्य उर्जा उत्पादनमा धेरै अगाडि बढेको जानकारी दिए । नेपालमा हालसम्म सौर्यबाट ९२ मेगावाट उर्जा उत्पादन भइरहेको छ । आर्थिक वृद्धिमा उर्जाको मुख्य योगदान हुन सक्ने भन्दै झापा इनर्जीले उर्जा उत्पादनलाई प्राथमिकताका साथ काम अघि बढाएको उहाँको भनाई थियो ।
आयोजनाको विधुत खरिद विक्रि सम्झौता २५ वर्षका लागि हुने प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । साँवाले वार्षिक १ करोड ७६ लाख १० हजार यूनिट उत्पादन गरिने बताउनुभयो । परियोजना सम्पन्न हुनासाथ स्थानीयका लागि आइपीओ निष्काशन गर्ने भट्टराइले जानकारी दिनुभयो ।