अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ : मुख्यमन्त्रीले विश्वासको मत लिने, माओवादीका दुई मन्त्री थप्ने

प्रदेश १ : मुख्यमन्त्रीले विश्वासको मत लिने, माओवादीका दुई मन्त्री थप्ने


विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । कार्की नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जसपाका एक प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ ।

प्रदेश सरकारमा आज माओवादी केन्द्रका तर्फबाट दुई जनालाई मन्त्री बनाउन लागिएको बताइएको छ । यसअघि प्रदेश सरकारमा एमाले, राप्रपा र जसपाका एक/एक जनाले बिनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरिसक्नुभएको छ ।