अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नवलपरासीमा दुर्घटना हुँदा एकजनाको मृत्यु

नवलपरासीमा दुर्घटना हुँदा एकजनाको मृत्यु


नवलपरासी-नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मकवानपुरको मनहरि गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ ।