अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ : मुख्यमन्त्री कार्कीले तीनजना मन्त्री नियुक्त गर्नुहुँदै 

प्रदेश १ : मुख्यमन्त्री कार्कीले तीनजना मन्त्री नियुक्त गर्नुहुँदै 


विराटनगर-प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वास मत लिनुभन्दा अघि तीनजना मन्त्री नियुक्त गर्दै हुनुहुन्छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गाप्रसाद चापागाईँ मन्त्री भन्नुहुने भएको हो ।   

यसैगरी एमालेबाट बुद्धीकुमार राजभण्डारी मन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ । यसअघि नै प्रदेश १ मा तीनजना मन्त्री नियुक्त भइसकेका छन् । तर कसैको पनि मन्त्रालय तोकिएको छैन । 

आज विश्वासको मत लिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रालय बाँडफाँट गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।