विराटनगर-प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले तीनजना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभन्दा अगाडि तीनजना मन्त्री नियुक्त गर्नुभएको हो ।
कार्कीले माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गाप्रसाद चापागाईँ मन्त्रीमा नियुक्त गर्नुभएको छ । यस्तै एमालेबाट बुद्धीकुमार राजभण्डारी मन्त्रीमा नियुक्त हुनुभएको छ ।
यसअघि प्रदेश १ मा तीनजना मन्त्री नियुक्त भइसक्नुभएको छ । तर कसैको पनि मन्त्रालय तोकिएको छैन । आज विश्वासको मत लिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रालय बाँडफाँट गर्ने तयारी गर्नुभएको छ ।






प्रतिक्रिया