अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सिंहदरबारमा सत्तारुढ दलको बैठक

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सिंहदरबारमा सत्तारुढ दलको बैठक


काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको बताइएको छ ।  

आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । 

सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ । यद्यपि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बुधवार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको जनाइएको छ । त्यो सहमति अनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ ।