अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीद्वारा शपथ

मधेसका मुख्यमन्त्रीसहित थप तीन मन्त्रीद्वारा शपथ


जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिनुभएको थियो ।

मुख्यमन्त्रीसँगै आज तीन मन्त्रीले पनि शपथ लिनुभएको छ। नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिनु भएको हो । तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी हुनुहुन्थ्यो ।