काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालेर जिल्ला अदालत लगिएको छ।
लामिछानेलाई थुनामुक्त गर्ने प्रक्रिया पूरा गर्नका लागि जिल्ला अदालतमा तारेख बुझ्न लगिएको हो।
उहाँलाई रिहा गर्नका लागि जिल्ला अदालत काठमाडौंले शुक्रबारै केन्द्रीय कारागार सुन्धारामा पत्र पठाएको थियो।
उच्च अदालत पाटनले मागेअनुसारको २० लाख धरौटी सन्दीपका दाजु मोहन लामिछाने शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाएका थिए।
धरौटी बुझाएसँगै अदालतले कारागारलाई पत्र पठाएको थियो। अहिले कारागारले स्वास्थ्य परीक्षण गरेर सन्दीपलाई अदालत पठाएको हो। अदालतमा सन्दीपले तारेख बुझ्नेछन्।
प्रतिक्रिया