बागमती प्रदेश सभामुखमा गठबन्धनका साझा उम्मेदवार राप्रपाका भुवन पाठक विजयी हुनुभएको छ ।
तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी हुनुभएको हो ।
नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए।
सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।
सभामुखमा विजयी भएका थापा काठमाणडौंबाट समानुपातिकमा निर्वाचित हुनुभएको थियो ।
उहाँले ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी हुनुभएको हो । त्यस्तै कांग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभयो भने नेमकिपाकी उम्मेदवार सृजना सायजुले ३ मत प्राप्त गर्नुभएको हो ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सीट छ।






प्रतिक्रिया