अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घनश्याम भुसाल नेकपा एसमा प्रवेश

घनश्याम भुसाल नेकपा एसमा प्रवेश


काठमाडौं – नेकपा एमालेका पूर्व उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी पार्टी मा प्रवेश गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गर्नुभएको हो ।

गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ । भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।