अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा मन्त्री हुन तीन ‘क्राइटेरिया’,को को होलान् नयाँ मन्त्री ?

एमालेमा मन्त्री हुन तीन ‘क्राइटेरिया’,को को होलान् नयाँ मन्त्री ?


काठमाडौं -मन्त्रीपरिषदलाई पूर्णता दिने दिन नजिकिदै गर्दा सत्तारुढ घटकको सबभन्दा ठूलो दल नेकपा एमालेमा मन्त्रीका आकांक्षीको लाइन लामो छ । पार्टी पाउने आठ वटा मन्त्रालय मध्ये चारवटामा यस अघि नै मन्त्री पठाइसकेकोले अब चारजना मन्त्री नयाँ पठाउनु पर्नेछ ।
आकांक्षीहरुको लाइन छोटो बनाउन पार्टीले तीनवटा क्राइटेरिया बनाएरर मन्त्री छनौटको काम भइरहेको एमाले स्रोतले बताएको छ । जस अनुसार अध्यक्ष केपी शर्मा ओलीले यस अघि एमालेबाट मन्त्री भएकालाई नदोहोर्याउने ,समानुपातिकबाट आएका लाई दोस्रो प्राथमिकतामा राख्ने र दुईपटक सो भन्दा बढी निर्वाचन जितेर पनि हालसम्म मन्त्री हुनबाट बञ्चित भएकाहरुलाई प्राथमिकता दिने तयारी गरिएको छ ।
दुईपटक निर्वाचन जितेर पनि मन्त्री हुन नपाएका साँसदहरु एमालेमा एलपी साँवा,हरीप्रसाद उप्रेती,पदम गीरी,विद्या भट्टराई,ऋषीकेस पोखरेल,बलराम अधिकारी लगायत हुनुहुन्छ ।
एमालेले थप चार मन्त्री र दुई राज्य मन्त्री पाउने सम्भावना रहेको छ ।
आज हुने सत्ता गठबन्धनको बैठकपछि मन्त्रीको टुंगो लगाइने एमालेका एक पदाधिकारीले जानकारी दिनुभयो ।