काठमाडौं -मन्त्रिपरिषद विस्तार मन्त्रालय भागवण्डाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीच बालुवाटारमा छलफल जारी रहेको छ ।
आधार घण्टा अघि सुरु भएको छलफलमा दुईजना नेताहरुमात्र हुनुहुन्छ । सरकारले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको भन्दै धेरैतिरबाट आलोचना भएरहेका बेला दुईनेताले आज सहमती गरेर गठबन्धनका अन्य घटकसँग संयुक्त बैठक गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार आज साँझ नै सत्तारुढ सबै घटकको बैठक बस्ने तयारी छ ।
भोली माघीको विदा भएकोले पर्सी सोमबार मन्त्रीहरुको सपथ र कार्यविभाजन गर्ने तयारी छ ।






प्रतिक्रिया